गोलभेडा, भण्टा, खुर्सानी तथा लहरे तरकारी बालीमा कलमी प्रविधि

परिचय
कलमी शब्द फलफुल बालीमा  धेरै समय अगाडि देखी प्रचलित भएतापनि तरकारी वालिमा यसको प्रयोगको इतिहाँस  धेरै पुरानो छैन । सधन रुपमा तरकारी वालिको खेती गर्दे जाँदा माटोबाट सर्ने रोगहरु(ढुसीजन्य तथा ब्याक्टेरियाजन्य) तथा निमाटोडको प्रकोप फलखाने तरकारी बालीहरु ( गोलभेडा, भण्टा, खुर्सानी, लौका, खरवुजा, काँक्रो आदि) मा ब्यापक रुपमा देखिन थालेपछि बिश्वका बिकसित देशहरु ( जापान,कोरिया, नेदरल्याण्ड, अमेरिका, वेलायत आदि) ले रोग अबरोधक रुटस्टकमा कलमी गरि तरकारी उत्पादन गर्न थाले । बिश्वका धेरैजसो बिकसित देशहरुले हालका दिनमा ६० प्र्रतिशत भन्दा बढी फलखाने तरकारी खेति गरिने जमिनमा कलमी गरिएका बिरुवा प्रयोग गर्दछन् भने नेपालमा बिगत २ बर्षबाट गोलभेडाको ब्याक्टेरियाबाट ओईलाउने रोग र निमाटोड नियन्त्रणको  लागि बंगलादेशवाट आयतित जंगली भण्टा९क्यबिलगm कष्कष्mदचषयष्गिm० को रुटस्टक प्रयोग गरी गोलभेडामा कलमीको शुरुवात नेपाल कृषि अनुसंधान परिषदको पहलमा भईरहेको छ । हालका बर्षहरुमा वागवानी अनुसंधान केन्द्र मालेपाटन पोखराले, पोखरा आसपास तथा स्यांजा जिल्लाका केही भेगका किसानहरुलाई यो प्रबिधि बारे तालिम दिई अनुसंधानका कार्यहरु अगाडि बढाईरहेको छ ।
 तरकारी वालिमा कलमिको आबश्यकता किन

  • तरकारी बालिमा कलमी गर्नाको मुख्य उद्वेश्य भनेको माटोबाट सर्ने रोगहरु नियन्त्रण गर्नु नै हो तापनि बाली अनुसार यसका उद्वेश्यहरु  निम्न अनुसार छन्  
  • खुर्सानी, भण्टा तथा गोलभेडा ः  ब्याक्टेरियावाट ओईलाउने रोगको प्रकोप कम गर्न, निमाटोडको प्रकोप कम गर्न, फ्युजेरियम दुसीवाट ओईलाउने रोग कम गर्न
  • काँक्रो, तरवुजा र खरवुजा ः फ्युजेरियम दुसीवाट ओईलाउने रोग कम गर्न, कम तापक्रम सहन सक्ने बनाउन

कलमी गर्न उपयुक्त तरकारीहरु
काँक्रोः फर्सीको रुटस्टक
तरवुजा ः कुभिण्डोको रुटस्टक
खरबुजा ः लौकाको रुटस्टक
भण्टा ः S. integtifolium, S.turvum, S. sisimbrifolium को रुटस्टक लगायत अन्य कर्मसियल रुटस्टक
गोलभेडा ः S. sisimbrifolium,L.pinpinel,L.hirsutum लगायत गोलभेडा तथा भण्टाका कर्मसियल रुटस्टक

कलमीका तरिकाहरु
तरकारी बालीमा निम्नअनुसारका कलमीका बिधिहरु प्रचलित छन्

  • क्लेफ्ट बिधि
  • ट्युव बिधि
  • पेग बिधि
  • एप्रोच बिधि

१. क्लेफ्ट बिधि
यो बिधि गोलभेडा , भण्टा तथा खुर्सानीमा प्रयोग गर्न सकिन्छ । यस विधिको लागि ब्लेड, हाते स्प्रेयर, प्लाष्टिक र छाहारीदिन मान्द्रो वा गुन्द्री आबश्यक पर्दछ । यस बिधिमा यदि S. sisimbrifolium को रुटस्टक प्रयोग गर्ने हो भने ७ देखि १० दिनजति अगाडि वीउ राख्नुपर्दछ । गोलभेडाको रुटस्टक प्रयोग गर्दा ३—४ दिन अगाडि वीउ राखे हुन्छ । यस बिधिमा रुटस्टकको दलिय पात भन्दा ३ सेमी जति माथि ब्लेडको सहायताले २ से.मी सिधा चिरिन्छ । २ देखि ३ वटा मुख्य पात सहितको सायनलाई १.५ सेमी जति  भि आकारमा दुवै साईडबाट ताछेर सायनलाई रुटस्टकमा राम्रोसंग मिल्नेगरी राखी क्लिपको सहायताले च्याप्नु पर्दछ र ५ दिन जति छाहारीमा प्लाष्टिक टनेलभित्र राख्नु पर्दछ । वेला बेलामा आद्रता कायम गर्न हाते स्प्रेयरले पानी छर्नुपर्दछ । त्यसपछि बिस्तारै केही समय बिरुवालाई घाममा  देखाउने कार्य गर्ने र यसको अबधि बढाउँदै लगि एक हप्तामा पूर्णरुपले बिरुवालाई बाहिरी वाताबरण संग घुलमिल हुन दिनुपर्दछ ।
    

२.ट्युव बिधि
 यस बिधि गोलभेडा, भण्टा, खुर्सानी अािदको लागि उपयुक्त बिधि हो । यस बिधिमा ग्राफ्टिङ्ग  ट्युव वा पाईप, ब्लेड,हाते स्प्रेयर, प्लाष्टिक, छायाँदिने मान्द्रो वा गुन्द्री आबश्यक पर्दछ । यदि गोलभेडाको रुटस्टक प्रयोग गर्ने हो भने सायन को वीउ भन्दा ३—४ दिन अगाडि रुटस्टकको वीउ राख्नु पर्दछ र भण्टाको प्रयोग गर्ने हो भने ७—८ दिन अगाडि राख्न पर्दछ । रुटस्टकमा ५ देखि ७ बटा पात र सायनमा २ देखि ३ वटासम्म पात आएको अबस्थामा कलमी गर्न उपयुक्त हुन्छ । सायनलाई धारिलो ब्लेडले ४५ डिग्रि जति छड्के पारी माथि बाट तल तर्फ काट्ने र रुटस्टकलाई पनि त्यसैगरी तलवाट माथि काट्ने । रुटस्टक र सायन छान्दा दुवैको मोटा्रई एकनाश हुनु आबश्यक छ । रुटस्टक र सायनलाई एकै ठाउँमा राखेर धारिलो ब्लेडले काट्नु पर्दछ । तन्कने रबर वा ग्राफ्टिङ्ग ट्युवलाई रुटस्टकको काटिएको भागतर्फ राख्ने र सायनको काटिएको भागलाई राम्रो संग काटिएको भागमा मिल्ने गरी ट्युव भित्रवाट छिराउने । कलमी गरिसकेपछि बिरुवालाई सुक्नबाट बचाउन उचित आद्रता र तापक्रम मिलाई प्लाष्टिकको टनेलभित्र राखी केही दिन (३—५ दिन) सम्म छाहारीको ब्यबस्थापन गरी सुर्यको किरणबाट बचाउने कार्य गर्नुपर्दछ । साथै उचित आद्रता कायम गर्न बजारमा उपलब्ध हाते स्प्रेयरको सहायताले कलमी गरेको भागमा नपर्ने गरेर दैनिक थोरै मात्रामा ४— ५ दिनसम्म पानी स्प्रे गरी टनेल बन्द गर्ने कार्य गर्नुपर्दछ । कलमी सफल भएपछि दैनिक रुपमा केही घण्टाको दरले टनेल खोल्ने कार्य र छाहारी हटाउने कार्य गर्ने र प्रत्येक दिन यस कार्यको अबधि बढाई ७ दिनजति पछि पूर्णरुपवाट टनेल तथा छहारी हटाउने कार्य बिरुवालाई बाहिरी वातावबरण संग घुलमिल गराउनको लागि आबश्यक छ । यस बिधिवाट राम्रोसंग कलमी गरेमा ९० प्रतिशत भन्दा बढी कलमी सफल हुन्छ ।
         

३. पेग बिधि
यो बिधि लहरे तरकारी वालीहरु( काँक्रो, खरवुजा, तरवुजा आदि) को लागि उपयुक्त बिधि हो । यसमा बाँसको वा फलामको ३० डिग्रि छड्के पारेर काटिएको कलम्ी गर्ने औजार,ब्लेड, माटो भरेको थैला,प्लाष्टिक, छायाँदिने मान्द्रो वा गुन्द्रीको आबश्यकता पर्दछ । यस बिधिमा लौकाको वीउ १२ देखि १५ दिन  अगाडि रोपिन्छ । साधारतया रुटस्टकको वीउ कति अगाडि लगाउने भन्ने कुरा वीउको कडापन र सुषुप्तता९मयचmबलअथ० मा भर पर्दछ । यस बिधिमा रुटस्टकको ३ बटा जति मुख्य पात र सायनको वढीमा २ वटा सम्म मुख्य पात आएपछि कलमी गरिन्छ । यदि सायनमा धेरै मुख्य पात आएको छ भने कलमी सफल हुदैन । सबभन्दा पहिला रुटस्टकलाइ माटोवाट उखेलेर बृद्विहुने भाग(दलिय पात भन्दा माथिको मुख्य पातहरु) भाँच्ने काम गर्नुपर्दछ । लगभग २ मिलिमिटर जति ब्यासको २ सेमी गहिरो प्वाल दलिय पातभन्दा माथिबाट ३० डिग्रि जति छड्के पारेर कलमी गर्ने लठ्ठीको सहयोगले पार्ने ।  सायनलाई पनि ३० डिग्रिजति छड्के पर्ने गरी ब्लेडले मथिवाट तल काट्ने र काटिएको भाग तल पर्ने गरेर रुटस्टकमा घुर्सार्ने । प्लाष्टिकको थैलोमा माटो भरी बिरुवा रोप्ने र प्रति बिरुवा १०० मिलि जति पानी जोडेको भागमा नपर्नेगरी हाल्ने  र उक्त बिरुवालाई कलमी घरमा लगि बरिपरीबाट प्लाष्टिकले हावा नछिर्ने गरी छोप्ने र ५ दिन जति छाहारीमा राख्ने । कलमी सफल भएपछि बिस्तार छहारी तथा प्लाष्टिक हटाउने र एक हप्ता जतिमा पूर्णरुपमा हटाउने । कलमी सफल भएपटि पनि ्ररुटस्क बाट यदि मुना पलाएमा हटाउने कार्य गर्ने । यस विधिवाट पनि ९० प्रतिशतभन्दा बढी कलमी सफल हुन्छ ।
         

४.एप्रोच बिधि
यो बिधि केही मात्रामा गोलभेडामा प्रयोग गरिन्छ । सफलता प्रतिशत ज्यादा भएतापनि अरु बिधि भन्दा यो विधि केही झन्झटिलो छ । यस बिधिमा ३ देखि ४ वटा मुख्य पात आएका सायन र रुटस्टक छानिन्छ । रुटस्टकमा माथितर्फ र सायनमा तलतर्फ ब्लेडको सहायताले  दलिय पात र पहिलो मूख्य पातको वीचमा थोरैभाग काट्ने काम गर्नुपर्दछ । काटिएको भागमा राम्रोसंग फिट हुनेगरी दुवै(रुटस्टक र सायन)को भाग घुसाउने र क्लिपको सहायताले च्याप्ने अनि रुटस्टकको कलमी भन्दा मथिवबाट आएका पात र मुना ब्लेडले हटाउने  । त्यसपछि बिरुवालई माटोभरेको थैलोमा रोपी थोरै पानि हालेर कलमी घरमा राख्ने र १० दिनजति पछि सायनको कलमी गरिएको भन्दा तलको भाग काट्ने काम गर्नुपर्दछ ।
    

कलमी गर्दा बिर्सन नहुने कुराहरु

  • कलमी कहिलेपनि चर्कोघाममा बसेर गर्न हुदैन
  • रुटस्टक र सायनको मोटाई एकनाश हुनुपर्दछ
  • कलमी गर्दा काटिएको भाग एक आपसमा राम्रोसंग जोडिएको हुनुपर्दछ
  • कलमी गरिसकेपछि बिरुवालाई २८ देखि ३० डिग्रिसेन्टीग्रेड तापक्रम र ९० प्रतिशत भन्दा बढी आद्रता भएको ठाउँमा राख्नुपर्दछ
  • कलमी गरिसकेपछि बिरुवालाई ग्राफ्ट युनियन बन्न दिन ५ दिन जति छाहारी दिनुपर्दछ र ग्राफ्ट युनियन बनिसकेपछि बिस्तार घाममा देखाउने कार्य गरी एक हप्तामा पुर्णरुपले छाहारी र प्लाष्टिक हटाई बिरुवालाई बाहिरी वाताबरणमा घुलमिल गराउनुपर्दछ ।

 

Author: 
अरुण काफ्ले, बरिष्ठ तरकारी बिकास अधिकृत, केन्द्रीय तरकारी वीउ उत्पादन केन्द्र, खुमलटार