परिचय

मेयर कृषि कार्यक्रम सञ्चालन गर्न तथा बर्दिवास नगरपालिका भित्रको समग्र कृषि क्षेत्र (कृषि, पशुपन्छी पालन, मत्स्य पालन, माहुरी पालन, दुग्ध उत्पादन, फलफुल खेती, जडीबुटीजन्य बनस्पती खेती, पुष्प खेती, कृषिजन्य उद्योगलगायत) एवम् कृषिजन्य उत्पादन र त्यससंग जोडीएका क्षेत्रहरुको पुर्वाधार विकास, व्यबस्थापन र नियमन गर्न बर्दिवास नगरपालिकाद्धारा ७ सदस्यीय एउटा अधिकार सम्पन्न कृषि विकास बोर्ड गठन हुनेछ । यसले बर्दिवास नगरपालिकाभित्र कृषि विकास, प्रबद्र्धन र व्यबस्थापनको कार्य गर्न बर्दिवास नगरपालिकाको आधिकारिक निकायको रुप