बर्दिबास नगरपालिका
मेयर कृषि कार्यक्रम
१. पृष्ठभूमि ः
बिशाल कृषि भण्डारको रुपमा रहेको तराइको समथर भुभाग नेपालको कृषि क्षेत्रको बिकासको निम्ती महत्वपूर्ण भौगोलिक अनुकुलता, बाताबरणीय अनुकुलता सहितको सम्भाबनाको क्षेत्र हो । सरकारी तथा गैर सरकारी स्तरबाट कृषि उत्पादनको क्षेत्रको रुपमा आत्मसाथ गरी नयाँ तथा प्रबिधियूक्त कृषि कार्यहरु तराइका भुभागमा केन्द्रीत हुनुले पनि यो क्षेत्र कृषि कार्यका निम्ति कति महत्वपूर्ण छ भन्ने बुझ्न सकिन्छ । प्रबिधिको तिब्र बिकास, कृषिमा छाएको आधुनिकीकरणको लहर, नयाँ प्रबिधिप्रति आम किसानहरुको आकर्षणले पनि अब नेपाल प्रबिधिसहितको कृषि कार्यमा अगाडि बढ्यो भन्ने सहजै अनुमान गर्न सकिन्छ । यसै सन्दर्भमा बर्दिबास नगरपालिकाले सुरुवात गरेको बर्दिवास नगर कै मुहार बदल्न सक्ने क्षमताको “मेयर कृषि कार्यक्रम” पूरै नेपालको कृषि बिकासको निम्ति अति नै महत्वपूर्ण छ । मेयर कृषि कार्यक्रमलाई पूरै देशको कृषि उत्पादन र बिकासको लागी एउटा नयाँ मोडेल र मेरुदण्डको रुपमा बिकास गर्न यस नगरपालिकाले अझ धेरै योगदान गर्नु पर्ने आवश्यकताको विचमा आज हामी छौं ।
बर्दिवास नगरको यस मेयर कृषि कार्यक्रमलाई प्रधानमन्त्रीको “समृद्घ नेपाल सुखी नेपाली”को अबधारणलाई कार्यान्वयन गर्ने एउटा महत्वपुर्ण कार्यक्रमको रुपमा पनि लिन सकिन्छ । बर्दिबास नगरपालिकाले कार्यान्वयन गर्न लागेको “मेयर कृषि कार्यक्रम”लाई कृषिको बिकासको एउटा नमुना कामको रुपमा स्थपित गर्न गरिएको कोसिस निकै नै स्वगतयोग्य छ । यस पृष्ठभुमीमा बर्दिवास नगरपालिकाको मेयर कृषी कार्यक्रमलाई कार्यान्वयन गर्नका लागी गर्नुपर्ने आवश्यक कामहरु, बिकास गर्नुपर्ने मोडेल र योजनाहरु त्था मोडेल एग्रो भिलेजको अंग र त्यसका कामहरुलाई संक्षेपमा समेटी यो संक्षिप्त प्रस्तावपत्र तयार गरि पेश गरिएको छ ।

२. मेयर कृषि कार्यक्रमको लक्ष्य, उद्देश्य र मूल पक्ष ः
जनसंख्याको चाप दिनहु बढ्नु तर कृषी पेशामा जनताको आकर्षण लगातार घट्नुले कृषीप्रधान देशमा कृषी उपजको आयात दिनानुदिन बढिरहेको छ । यस्तो अवस्थालाई अन्त्य गर्न स्थानिय सरकारहरु आफै उत्पादनको कार्यमा अग्रसर भएर आम जनतालाई साथमा लिई आधुनिक सुचना प्रविधिसहितको कृषी प्रणाली स्थापना गर्नु अत्यावश्यक भइसकेको छ । यस्तो आधुनिक सुचना प्रविधिसहितको कृषी प्रणाली मुलत समुदायमा (सहकारीहरुमा) आधारीत भएर सञ्चालन गर्नु यो मेयर कृषी कार्यक्रमको एउटा प्रमुख उद्देश्य हो । कृषीलाई उत्पादनसंग मात्र होइन त्यसको व्यबस्थीत बजारीकरणसंग जोड्नु र जनताको (कृषकको) जीवनस्तर उठाउने एउटा महत्वपुर्ण साधनको रुपमा विकास गर्नु यसको अर्को उद्देश्य हो । त्यसै गरी बर्दिवास नगरलाई कृषी विकासको माध्यमद्धारा समेत देशभरी चिनाउने लक्ष्यका साथ यो कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ । कृषीलाई निर्वाहमुखी होइन अव व्यबसायीक र निर्यातमुखी बनाउने एउटा प्रमुख लक्ष्य यसले तय गरेको छ ।

३. मेयर कृषि कार्यक्रमको मोडेल ः
“मेयर कृषि कार्यक्रम”को सम्पूर्ण सञ्चालन तथा व्यवस्थापनलाई एएए अबधारणको मूलमर्मअनुरुप स्थानिय सरकार, सहकारी र निजी क्षेत्रको साझेदारी (न्ऋएए)को रुपमा अगाडी बढाइने छ । नगरपालिका, स्थानिय कृषि सहकारी, निजी कृषी फार्म तथा कृषि उद्यमीहरुको अपनत्वसहितको सहकार्यको अबधारणा बिकास गरि मेयर कृषी कार्यक्रममा लागु गरिनेछ ।

ग्रामिण क्षेत्रमा कृषी पर्यटनको विकास गरी एउटा मूल्य श्रृंखला निर्माण गर्ने र छरिएर रहेको परम्परागत कृषि अभ्यासलाई एकिकृत गरि आधुनिक कृषी उत्पादनको संंस्कारमा विकास गर्न जरुरी छ । यसले कृषीमा नयाँ र पुरानो पुस्तालाई जोड्दै सामाजिक अन्तरघुलनशिलता कायम गर्न र कृषि औधोगिकीकरणको दिशातर्फ अघि बढ्न मद्दत गर्नेछ ।

४. मेयर कृषि कार्यक्रमको पक्षहरु ः
क. बर्दिबास नगरपालिका कृषि बिकासको पन्चबर्षिय गुरुयोजना
ख. मोडेल एग्रो भिलेज निर्माण

क. बर्दिबास नगरपालिका कृषि बिकासको पन्चबर्षिय गुरुयोजना
१. बर्दिबास नगरपालिका कृषि बिकासको पन्चबर्षिय गुरुयोजना तथा बिस्तृत परियोजना प्रस्ताव ९म्एच्० तयार गरी कृषि बिकास कार्यक्रमलाई अगाडि बढाउने ।
२. यस कार्यक्रमका लागी सम्बन्धीत बिषय बिज्ञहरुको संलग्नतामा तपशिल बमोजिमका क्रियाकलापहरु गरीनेछ ।
बर्दिवास नगरपालिकाको १४ वटै वडाको कृषि उत्पादन सम्बन्धी अध्ययन अनुसन्धान गर्ने ।
संघ, प्रदेश र स्थानिय सरकारसंग समन्वय गरी बर्दिवास नगरपालिकामा गर्न सकिने कृषि विकास कार्यक्रमको पहिचान गर्ने ।
नगरभरी नै सिंचाईको आबश्यकता पहिचान गर्ने ।
तरकारीबाली, खाद्यन्नबाली, तेलहन, दलहन, फलफुल, पुष्प, माछा, पशुपालन, जडिबुटिजन्य खेतिलगाएतका कृषी उत्पादनका पकेट क्षेत्रहरु पहिचान र निर्माणको सम्भाव्यता अध्ययन गर्ने ।
उत्पादन कार्यलाई उच्च किसिमको सुचना प्रविधिसहित प्राबिधिकरण गर्न तथा बजार ब्यवस्थापनको सम्भाब्यता अध्ययन गरिनेछ ।
माछा उत्पादनको क्षेत्रहरु पहिचान गरी त्यसको सम्भाब्यता र बजारीकरण सम्बन्धी अध्ययन गरीनेछ ।
बर्दिवास नगरपालिकाभित्र कृषी क्षेत्रको विकासका सबै सम्भाबनाहरुको पहिचान गरी कृषी बिकासका तात्कालिन र दिर्घकालिन परियोजनाहरुको सिफारिस गरिनेछ । सिफारीसयोग्य परियोजनाहरुको सम्पूर्ण बिबरण (कार्यान्वयन क्षेत्र, लागत अनुमान, आर्थिक सुचांक निर्धारण, बजार विश्लेषण, जनताको जीवनस्तरमा पार्ने प्रभावसहितको सामरीक बिश्लेषण लगायत) तयार गरिनेछ ।

ख. मोडेल एग्रो भिलेज स्थापना, ब्यबस्थापन तथा हस्तान्तरण ः
मोडेल एग्रो भिलेज स्थापना, ब्यबस्थापन तथा हस्तान्तरणका लागी तपशिलका कृयाकलाप गरीनेछ ।
पब्लीक, प्राइभेट पार्टनरशिप (एएए) मोडेलमा आधारित स्थानिय सरकार, सहकारी र निजी साझेदारी (न्ऋएए) मा आधारीत भई मोडेल एग्रो भिलेज स्थापना तथा ब्यबस्थापन गरिनेछ ।
सबै वडाहरु उक्त मोडेल एग्रो भिलेजमा सहभागी भई अपनत्व ग्रहण गर्न सक्ने गरी ‘एक वडा एक उत्पादन’को अबधारणा अनुसार एग्रो हबमा स्पेशहरुको व्यवस्थापन गरिने छ ।
मेडेल एग्रो भिलेजभित्र हाइटेक नर्सरी, ग्रिन हाउस, कोल्ड स्टोर, प्लान्ट क्लिनीक, मेसिनरी हायर सेन्टर, उत्पादन क्षेत्र (ब्नचय ज्गद), फसल ब्यबस्थापन केन्द्र, फोहोर ब्यबस्थापन तथा जैबिक मल बिकास केन्द्र, डिजिटल अक्सन सेन्टर, प्रशासनिक तथा तालिम केन्द्र, कृषि पर्यटनको लागी आधारभुत संरचनाहरु तथा अन्य उत्पादनको लागी आवश्यक ओपन स्पेसहरु रहनेछन् ।

१. हाईटेक नर्सरी ः
उच्च प्रबिधियूक्त नर्सरी (ज्ष्नज­त्भअ ल्गचकभचथ) यस एग्रो भिलेजको प्रमुख आकर्षण हुनेछ, जहा आधुनिक कृषि प्रणालीको प्रविधिको उच्चतम समायोजन देख्न पाइनेछ । मूलत यस नर्सरीले गुणस्तरीय बिरुवा उत्पादन र बितरणलाइ ध्यान दिएको हुन्छ । हाई टेक्नोलोजी सहितको ग्रिन हाउसमा रहने यो नर्सरीको क्षेत्रफल १००८ बर्गमिटर हुनेछ जसले कुनै पनी समयमा आबश्यक बिरुवाहरु उपलब्ध गराउन सक्नेछ । यो नर्सरीले अन्तत विउ र बेर्ना सम्बन्धी साबिकको अबधारणालाई आमूल परीबर्तन गराउनेछ । नोट ः हाईटेक नर्सरीको स्टान्डर्ड स्पेशिफिकेशनमा आधारीत रहि तयार गरिने डि.पि.आर मोडेल एग्रो भिलेजको विस्तृत प्रस्ताबनामा समेटिनेछ ।

२. कोल्ड स्टोर ः
प्रदेश सरकारसंग समन्वय गरी एक कोल्ड स्टोर स्थापना गरिने छ । जसको सम्पूर्ण व्यवस्थापन डाटा बेस ब्यबस्थापनमा आधारीत हुनेछ । यसको मूल उदेश्य मूल्य श्रृखला समायोजन गर्न सहज होस भन्ने रहने छ अर्थात बजार मूल्य उतार चढाबको कुनै पनी असर उत्पादीत फसलमा नपरोस भन्ने रहेको छ । साथै यसमा गुणस्तरीयतामा पनि आँच नपुग्ने सुनिस्चितता हुनेछ । नोट ः कोल्ड स्टोरको स्टान्डर्र्ड स्पेशिफिकेशनमा आधारीत रहि तयार गरिने डि.पि.आर मोडेल एग्रो भिलेजको विस्तृत प्रस्ताबनामा समेटिनेछ ।

३. प्लान्ट क्लिनीक ः
यस परियोजनाको अर्को आकर्षण तथा बिशेषता प्लान्ट क्लिनीक रहेको छ । जसमा बिरुवा सम्बन्धी बिभिन्न रोगहरुको अनुसन्धान तथा आवश्यक उपचारहरु यस क्लिनीकमा रहेका बिशेषज्ञहरुबाट गरीनेछ । यस प्लान्ट क्लिनीक स्थापनाले किसानमा देखिएको बिरुवा सम्बन्धी चिन्ता तथा रोगहरुको तत्काल निधान सम्भब तुल्याइनेछ । यस कार्यले किसानहरुको आत्मबिश्वासमा बृद्घि हुनेछ र उत्पादनले समेत गुणस्तरता प्राप्त गर्नेछ । उत्पादन बृद्घि प्लान्ट क्लिनीकको एउटा प्रमुख उद्देश्य हो । साथै यसको कार्यक्षेत्र बिशुद्घ एग्रि भिलेजभित्र मात्र नभई सम्पुर्ण नगरपालीका भरी रहनेछ । नोट ः प्लान्ट क्लिनीकको स्टान्डर्र्ड स्पेशिफिकेशनमा आधारीत रहि तयार गरिने डि.पि.आर मोडेल एग्रो भिलेजको विस्तृत प्रस्ताबनामा समेटिनेछ ।

४. मेसिनरी हायर सेन्टर ः
कृषि प्रणालीलाई यान्त्रीकीकरण गरी खर्च र समयको बचत तथा गुणस्तरीय कृषी उपजको उत्पादनका लागी एउटा मेसिनरी हायर सेन्टर स्थापना गरीनेछ । यस एग्रो भिलेजमा आबश्यक पर्ने यान्त्रीकरण सम्बन्धी सम्पुर्ण औजारहरु सबै त्यहा उपलब्ध हुनेछन । जसको संचालन तथा परीचालन सम्बन्धीत हायर सेन्टरले आबश्यक मापदण्ड बनाइ गर्नेछ । जसको मूल उद्देश्य सरल र सहज ढंगबाट कृषि यन्त्रको उपलब्धतालाई निक्र्यौल गर्नुका साथै आबश्यक प्राबिधिक जनशक्तीको उपलब्धतालाई सुनिस्चितता प्रदान गर्नु पनि हो । यस सेन्टरको थप बिकास एवं थप यान्त्रिकीकरणको लागी संघिय सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनासंग आबश्यक समन्वय गरीनेछ ।

५. कृषी र सुचनाका लागी आइसिटी सेन्टर ९क्ष्ऋत् ऋभलतभच ँयच ब्नचष्अगतिगचब िब्लम क्ष्लायचmबतष्यल द्यबलप० ः
चुस्त ब्यबस्थापनको लागी म्बतब द्यबकभ नै आधारभुत आबश्यकता हो भन्ने मुल मन्त्रमा क्ष्ऋत् ऋभलतभच ले यस मोडेल एग्रो भिलेजमा काम गरीरहेको हुन्छ । सिंचाई तथा पोषक तत्व सुपरीबेक्षण गर्ने, सापेक्षित आद्रता, उचित तापक्रम व्यवस्थापन जस्ता कार्यहरु यसका प्रारम्भीक कार्यहरु हुन । मोडेल एग्रो भिलेजमा भएका सम्पूर्ण कार्यहरुको सुचना यस क्ष्लायचmबतष्यल द्यबलपले संकलन गर्दछ । यसलाई मोडेल एग्रो भिलेजको कृषि सुचना प्रसार केन्द्रको रुपमा पनि बुझ्न सकिन्छ । यसै सुचनाका आधारमा सम्पूर्ण कार्यहरुको ब्यबस्थीत सञ्चालन तथा सुक्ष्म निरीक्षण मार्फत अनुगमन गर्ने र आएका समस्याहरुलाइ तत्कालै समाधान गर्न सकिने छ । जुन कुनै ठाउँबाट अनलाईन र सफ्टवेयरको प्रयोगले कृषि फार्मको निरीक्षण, संचालन तथा ब्यबस्थापन गर्न सकिनुका साथै आबश्यक प्राबिधिक सहयोग उपलब्ध गराउन पनि सकिने हुन्छ । जसले गर्दा प्रबिधिक जनशक्तिको ब्यबस्थापन तथा पहुच सजिलैै हासिल गर्न सकिन्छ । नोट ः आइसिटी सेन्टरको स्टान्डर्र्ड स्पेशिफिकेशनमा आधारीत रहि तयार गरिने डि.पि.आर मोडेल एग्रो भिलेजको विस्तृत प्रस्ताबनामा समेटिनेछ ।

६. डिजिटल अक्सन सेन्टर ः
डिजिटल अक्सन सेन्टर एक यस्तो प्रणली हो जसमा खरीदकर्ता बिच बोलकबोल बाट कृषी उपजको उच्चतम मूल्य निर्धारण गरीनेछ । किसानको मूल्यमा बोेलकबोल गरी कुनै पनि ब्यापारीले आफ्नो फसल सुरक्षित गर्दछ । यसो गर्दा सबै भन्दा बढि मूल्य तिर्ने ब्यापारीले फसल खरीद गर्न पाउदछ । फसल खरीद गरेको ब्यापारीलाइ पनि एग्रो भिलेजमा रहेको कोल्ड स्टोरेजमा उसको सामान राख्ने सुबिधा प्रदान गरीएको हुन्छ । यसरी हेर्दा किसान जसले बस्तु उत्पादन गर्छ, ले पनि आजको बजारको उच्चतम मूल्य प्राप्त ग¥यो भने ब्यापारीले पनि आफ्नो खरीद समानको सुरक्षित भण्डारण गर्न सक्ने भयो जसबाट बजार मूल्य बढेका बेलामा भण्डारणबाट निकालेर बिक्रि गरी उचित प्रतिफल प्राप्त गर्न सक्छ । डिजिटल अक्सन सेन्टरले बजार मूल्यलाइ ब्यबस्थीत गर्नुका साथै अनुुगमन पनि गरीरहेको हुन्छ । नोट ः डिजिटल अक्सन सेन्टरको स्टान्डर्र्ड स्पेशिफिकेशनमा आधारीत रहि तयार गरिने डि.पि.आर मोडेल एग्रो भिलेजको विस्तृत प्रस्ताबनामा समेटिनेछ ।

७. फसल ब्यबस्थापन केन्द्र ः
किसानहरुले उत्पादन गरेको फसललाई प्रारम्भीक ब्यबस्थापनको लागी एक स्टोर निर्माण गरीनेछ । यस फसल ब्यबस्थापन केन्द्रले छोटो समयको लागी फसललाइ होल्ड गरी गुणस्तर बिग्रन दिदैन । फसल ब्यबस्थापन भनेको त्यसको गे्रडिङ, प्रोसेसिङ र प्याकेजिङ पनि हो । त्यसैले फसल व्यवस्थापन केन्द्र भित्र गे्रडिङ, प्रोसेसिङ र प्याकेजिङ केन्द्रहरु रहनेछ । जसको काम फसल ब्यबस्थापनलाइ सहज बनाउनु हुनेछ । नोट ः फसल ब्यबस्थापन केन्द्रको स्टान्डर्र्ड स्पेशिफिकेशनमा आधारीत रहि तयार गरिने डि.पि.आर मोडेल एग्रो भिलेजको विस्तृत प्रस्ताबनामा समेटिनेछ ।

८. फोहोर ब्यबस्थापन तथा जैबिक मल बिकास केन्द्र ः
उत्पादन क्षेत्रबाट प्राप्त फसलजन्य (जैविक) फोहोरहरुलाइ ब्यबस्थापनको लागी फोहोर ब्यबस्थापन तथा जैबिक मल बिकास केन्द्र निर्माण गरीनेछ । यस केन्द्रको मातहतमा छुटै् गड्यैला मल बिकास केन्द्र पनि रहनेछ । यस केन्द्रले जैबिक मल उत्पादनका लागी सकभर आफै नभए निजि क्षेत्र, सरकारी तथा गैर सहकारी संस्थाहरुसंगको सहकार्य एवं समन्वयमा जैबिक मल कारखाना स्थापना गर्नेछ ।
९. उत्पादन क्षेत्र (ब्नचय ज्गद)
यस उत्पादन क्षेत्र (एग्रो हब) भित्र तरकारी तथा फुल उत्पादनका लागी छुट्टा छुट्टै प्राकृतिक रुपमा नै हावाको प्रवाह हुन सक्ने अर्ध नियन्त्रीत ग्रिन हाउस, नेट हाउस रहनेछ । जसमा सबै खालको सिंचाइ प्रणली जडान गरीएको हुन्छ । यस उत्पादन क्षेत्रभित्र मौसमि बालीको लागी खुल्ला क्षेत्र निर्धारण गरीएको हुन्छ । जसमा आधुनिक कृषि प्रणालीको केहि पक्ष (मल्चीङ, थोपा सिंचाई आदी) को बिकास गरीएको हुन्छ । यस खुल्ला क्षेत्रमा कसैले फसल उत्पादन गर्न चाहेमा अथवा ग्रिनहाउस निमार्ण गर्न चाहेमा प्रयोगमा ल्याउन सकिने छ ।

१०. कृषि पर्यटनको लागी आधारभुत संरचनाहरुको बिकास ः
एग्रो भिलेज आफैमा कृषि पर्यटनको लागी उपर्युक्त थलो हो । यस लाइ अझ ब्यबस्थीत गर्न यसका आधारभुत संरचनाहरु पनी बिकास गरीनेछ । यस क्षेत्रमा बालबालीका खेल्ने ठाउँ, रेस्टुरेन्ट तथा अतिथि ग्रिह, अध्ययनको लागी लाइबेरी, कृषि संग सम्बन्धीत प्रदर्शनी घर लगाएतका आधारभुत संरचनाहरुको निमार्ण गरीनेछ । यस कार्यमा स्थानिय संस्कृति झल्काउने, मौलिक संस्कृतिहरुको जगेर्ना गर्ने खलका बिषय बस्तु हरुलाइ संलग्न गर्न बिशेष जोड दिइनेछ ।

११. प्रशासनिक तथा तालिम केन्द्र ः
कृषकहरुलाइ अभिमुखीकरण गर्न तथा त्याँहा संचालन गरीने प्रशासनिक कार्यको लागी छुट्टै प्रशासनिक ब्लक तथा तालिमकेन्द्र स्थापना गरीनेछ । यस प्रशासनिक ब्लक ले ब्यबस्थापनको कार्य गर्दछ भने तालिम केन्द्र कृषक अभिमुखिकरण का निम्ती प्रयोग हुनेछ । एग्रो भिलेज आफैम एउटा तालिम केन्द्र पनि हो । एग्रो भिलेजलाई नेपालकै नमुना तालिम केन्द्रको रुपमा बिकास गर्ने लक्ष्यसहित अगाडि बढ्ने मूल स्पिरिटलाइ पक्री सोहि अनुरुप यसको निर्माण गरीनेछ ।